पीपीएल: उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोज भिड्दै
काठमाडौं, कात्तिक २० । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिका लागि आज घरेलु टिम पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन् ।
पोखरा संगशालामा हुने खेलको विजेताले घरेलु क्रिकेटको इतिहासमै सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार पाउने छन् । लिग चरणमा ५ मध्ये ३ खेल जितेको शरद भेषावकरको कप्तानीमा रहेको पोखराले तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा ठाउँ बनाएको हो ।
उता, पारस खड्काको नेतृत्वमा रहेको चितवनले लिग चरणमा ३ खेल जिते पनि रनरेटमा पछि परेपछि फाइनल प्रवेशका लागि प्ले अफमा जानु परेको थियो । प्ले अफमा चितवनले ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौंलाई हराएको थियो ।
यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) र एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा कप्तानका रुपमा पारस र शरद भिडिसकेका छन् । पीपीएलमा पनि सुरुवाती संस्करणकै उनीहरु उपाधिका लागि भिड्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्