काठमाडौं, कात्तिक २० । नेपाल निर्माण व्यवसायी महासंघले मुलुकी अपराध संहितामा सुधार गर्न पुनः माग गरेको छ ।
महासंघको २०औं महाधिवेशनबाट पारित घोषणापत्र सार्वजनिक गर्न सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माण उपकरणमा लाग्दै आएको दोहोरो कर हटाउन पनि माग गरियो ।
सम्पन्न भइसकेका आयोजनाहरुको भुक्तानी उपलब्ध गराउन पनि महासंघले आग्रह गरेको छ ।
महासंघका महासचिव रोशन दाहालले नाकाबन्दी, भूकम्पलगायतका कारणले निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको तर आगामी दिनमा तोकिएकै समयमा सहजैरुपमा आयोजना सम्पन्न गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्