काठमाडौं , कात्तिक १९ । नेपाल चेम्बर अफ कमर्श र स्पेनको मेड्रिड चेम्बर अफ कमर्शबीच सहकार्यसम्बन्धी समझदारी भएको छ । आइतवार स्पेनको मेड्रिडमा आयोजित एक कार्यक्रमबीच नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । उक्त समझदारीले दुई देशको व्यापार, लगानी र पर्यटनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
हालसम्म नेपाल चेम्बर अफ कमर्शले विभिन्न देशका ५८ ओटा चेम्बरसँगको समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । यसले चेम्बरको अन्तरराष्ट्रिय सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
यसैबीच, नेपालीको महान् चाडको पूर्वसन्ध्यामा सरकारले वजार अनुगमनका क्रममा व्यवसायीको कारोवार स्थलको शिलबन्दी गरी व्यवसायी नै विस्थापित हुनुपर्ने परिस्थिति सृजना हुन लागेकोप्रति नेपाल चेम्वर अफ कमर्शले चिन्ता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्