काठमाडौं , कात्तिक १९ । नेकपा मोरङले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र महासचिव विष्णु पौडेल आउने भएका छन् । सोमबार दिउँसो पार्टी कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रमलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेकपाका नेता ऋषिकेश पोखरेलले जानकारी दिए ।
एक नम्बर प्रदेशका सबै जिल्लाका प्रतिनिधित्व हुने गरी पार्टी कार्यकर्ताको उपस्थिति हुने आँकलन गरिएको छ । यसरी विराटनगरमा आएर संयुक्त रुपमा पहिलो पटक प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई बोलाइएको भए पनि अध्यक्ष ओली अस्वस्थ भएको कारण महासचिव पौडेल र अध्यक्ष प्रचण्ड आउने नेकपा केन्द्रीय सदस्य गोपी आछामीले बताए ।
हरेक वर्ष यसै गरी शुभकामना गर्दै आएको भए पनि यो वर्ष पार्टी एकीकरणको वर्ष भएकोले संयुक्त रुपमा नेताहरुलाई बोलाएर नेकपाले शुभकामना आदान प्रदान गर्न लागेको हो ।
कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा आम सर्बसाधारण, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका सांसदहरु, उद्योगी ब्यापारी, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधि, विभिन्न पेशा तथा समुदायका व्यक्तिहरुको उपस्थिति रहने नेकपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्