अधिकारकर्मी पद्मरत्न तुलाधरको मस्तिस्कघातका कारण निधन,अन्त्येष्टि सोमबार गरिने

काठमाडौं,कात्तिक १८ । अधिकारकर्मी पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ । मस्तिस्कघातका कारण उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गएको शुक्रबार मस्तिस्कघात भएपछि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा राखिएकोमा स्वास्थ्य थप जटिल भएपछि तुलाधरलाई मंगलबार राति नर्भिक अस्पतालमा लगिएको थियो ।
तुलाधारको भोली (सोमबार) मात्र अन्त्येष्टि गरिने भएको छ ।
तुलाधारको पार्थिव शरीर केहीबेरमा घर लगिने पारिवारिक श्रोतले जनाएको छ । राजधानीको नर्भिक अस्पतालमा १२ बजेर ४५ मिनेटमा तुलाधारको निधन भएको थियो ।
तुलाधरका ज्वाई गौरी प्रधानले तुलाधरको सोमबार अन्त्येष्टि गरिने तय भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्