उर्जा मन्त्री पुन अस्पताल भर्ना

काठमाडौं , कात्तिक १७ ।  उर्जा मन्त्री वर्षमान पुन स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उर्जा मन्त्री पुनको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुका काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
उनको छातीमा समस्या देखिएको छ । पुनलाई यसअघि जण्डिस बिग्रिएर गम्भीर समस्या देखिए थियो र उनको उपचार थाइल्याण्डमा भएको थियो ।
उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन इको, सिटी इक्यु गरिने र त्यसको रिपोर्ट आएपछि मात्रै विस्तृत विवरण थाहा हुने प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्