काठमाडौं , कात्तिक १७ । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ ।
शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान ईङले उक्त घोषणा गरेका हुन् ।
सरकारी घोषणाअनुसार अब कामदारले आगामी वर्ष जनवरीदेखि मासिक न्युनतम ११ सय रिंगिट पारिश्रमिक पाउनेछन् ।
हाल कामदारको न्युनतम पारिश्रमिक प्रायद्विप क्षेत्रमा (पेनिन्सुलार मलेसिया) मा मासिक एक हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट कायम छ ।
हाल घोषित नीति पूर्ण रुपमा कार्यान्वयन भएमा नेपालीसहित निजी क्षेत्रमा कार्यरत सबै विदेशी कामदारसमेत लाभान्वित हुनेछन् ।
सरकारले केही महिनाअघि पारिश्रमिकमा बृद्धि गरी आगामी वर्ष जनवरीदेखि लागू हुने गरी एक हजार ५० रिंगिट कायम गरिने जनाएको थियो ।
त्यसपछि कामदारसँग सरोकारवाला विभिन्न संघसंस्थाहरु मलेसियन ट्रेड युनियन कंग्रेस, नेशनल युनियन अफ बैंक ईम्प्लोइज, मलेसिया मुडा, पार्टी सोसियालिस्लगायत संस्थाका सयभन्दा बढी प्रतिनिधिहरुले संसद भवन बाहिरसमेत प्रदर्शन गरेका थिए ।
ती मागका सम्बन्धमा मानव संशाधन मन्त्री एम कुला गेसरनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
मन्त्री कुलाले ती मागका सम्बन्धमा अबिलम्ब मन्त्रिपरिषद्मा छलफल गरिने वचनबद्धता दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्