पोखरा प्रिमियर लिग : पोखराले धनगढीलाई १४५ रनको लक्ष्य दियो

काठमाडौं, कार्तिक १६। पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता अहिले जारी रहेको छ । खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई १४५ रनको चुनौती पेश गरेको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएपछि धनगढीले मध्यम स्कोरको चुनौती पाएको हो । अन्तिम ओभरमा २० रन बटुलेपछि पोखराले एक सय ४० को स्कोर पार गर्न सफल भएको थियो ।
पोखराको लागि रोहित कुमार पौडेलले सर्वा्धिक ३१ रनको योगदान दिए ।
प्रतियोगितामा पोखरा पल्टन र एक्स्पर्ट धनगढी दुबै टिमको समान ४–४ अंक रहेको छ । तर पोखरा पल्टनले मात्र ३ खेल खेलेको छ भने एक्स्पर्ट धनगढीले ४ खेल खेलेको छ ।
धनगढीले दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । धनगढीका लागि यो गर या मरको खेल हो । आजको खेलमा धनगढीले जिते शीर्ष तीनमा पर्दै प्ले अफमा पुग्ने सम्भावना कायमै रहनेछ । यता, पोखराले धनगढीलाई पराजित गरे प्लेअफमा पुग्ने सम्भावना बलियो बन्ने छ ।
प्रतिक्रिया दिनुहोस्