काठमाडौं, कात्तिक १५ । सर्वाेच्च अदालतले भ्रष्टाचार मुद्दामा ७ वर्ष जेल सजायँ पाएका पर्यटन बोर्डका पूर्व्निर्देशक सुवास निरौलालाई हिरासतमा नराख्न आदेश दिएको छ। यससँगै निरौलाले अब हिरासत बाहिरबाटै भ्रष्टाचार मुद्दामा पुनरावेदन गर्न पाउने भएका छन्।
बुधवार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले निरौलालाई हिरासत बाहिरै रहेर मुद्दा पुनरावेदन गर्न पाउने आदेश दिएको हो।
भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार रुपैयाँ बिगो, ५४ लाख ५९ हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
प्रतिक्रिया दिनुहोस्