विमानस्थल जान प्रधानमन्त्री इच्छुक, तर डाक्टरले गरे इन्कार

काठमाडौं, कात्तिक १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान दिन चिकित्सकसँग आग्रह गरेका छन् ।
राष्ट्रिपतिलाई स्वागत गर्न जानुपर्ने भन्दै डिस्चार्ज दिन प्रधानमन्त्रीले आग्रह गरेको डा. सन्तकुमार दासले बताए ।
चारदिने कतार भ्रमण सकेर राष्ट्रपति भण्डारी बिहीबार (आज) स्वदेश फर्कने कार्यक्रम छ ।
तर, आफूहरुले अहिल्यै डिस्चार्ज नदिने, बरु राष्ट्रपतिलाई नै अस्पताल बोलाउने भनेर रोकेको दासले बताए ।
प्रतिक्रिया दिनुहोस्