काठमाडौं, १४ कात्तिक । भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।
कमलविनायक–भत्केको पाटी–नगरकोट सडक निर्माणको ठेक्का लिने शैलुङरएआईपीएल जेभीले ९आरामाली इन्फ्रा पावर लिमिडेट० तीन पटक म्याद थप्दासमेत काम नसकेपछि दैनिक जरिवाना गरिएको हो ।
सडक आयोजना प्रमुख नरेन्द्रनाथ कोइरालाका अनुसार काम नगरेबापत निर्माण व्यवसायीले २ सय दिन ९करिब ७ महिनासम्म० ठेक्का रकमको ० दशमलव ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । यस हिसाबले दिनको १ लाख ४० हजारका दरले जरिवाना रकम २ करोड ८० लाख हुन्छ । उनले निर्माण कम्पनीलाई दिइने भुक्तानीमा जरिवाना रकम कटाएरमात्र दिइने बताए ।
शैलुङ जेभी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी हो भने एआईपीएल भारतीय निर्माण कम्पनी । ‘एक्जिम बैंक इन्डिया’ को सहयोगमा भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली योजनाअन्तर्गत सडक निर्माण थालिएको हो ।
दुई वर्षमा काम सक्ने गरी सन् २०१४ जुन ५ मा २८ करोडमा सडक निर्माण सम्झौता भएको थियो । अहिलेसम्म ५० प्रतिशतमात्र काम भएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्