काठमाडौं, कार्तिक १४ । गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ ।
चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ ।
प्रदेश सरकारले गाई पालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न पत्राचार गरिसकेको छ । वैदेशिक सहयोग भित्र्याउन संघ सरकारबाट अनिवार्य स्वीकृति लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
दैनिक ३० लिटर दूध दिने होलिस्टेन जातको उन्नत गाई ल्याउन लागिएको छ । यो गाई सर्वाधिक दूध दिने जातको मानिन्छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्