शिक्षण अस्पतालबाट प्रधानमन्त्रीले भने, “म सम्वृद्ध नेपाल बनाउने कार्यमा फर्कनेछु”
काठमाडौं, १३ कार्तिक । शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले केहि सञ्चार माध्यमहरुले भ्रामक समाचार सम्प्रेषण गरेको प्रति ध्यान आकृष्ट गर्दै यसप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन् ।
उनले सामाजीक सञ्जाल र केहि कुत्सित मनसाय बोकेका मिडियाले केहि आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा शनसनीपूर्ण रुपमा गरिएको प्रचारवाजीप्रति ध्यानाकर्षण हुँदै प्रधानमन्त्री ओलीले एक विज्ञप्ति प्रकाशित गरि यसको भ्रामक समाचारको पछि नलाग्न र आफू छिटै निको हुने र देशका अपनेक्षित घटनाप्रति पनि आफु संवेदनशिल भएको कुरा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफू अस्वस्थ भएता पनि मुलुकको केहि अनपेक्षित घटनाप्रति आफू जानकार र संवेदनशिल रहेको उल्लेख छ । उनले अपराधिक कार्यमा संलग्न कसैलाई पनि उम्कने छुट नभएको जनाएका छन् । उनले यसप्रति सम्बन्धित सबै निकाय तथा प्रशासनलाई चनाखो हुन पनि निर्देशन दिएका छन् ।
छातीमा संक्रमण हुनुका साथै चिनीको मात्र असन्तुलित देखिएकोले म अस्पतालमा केहि दिन उपचार पछि निको हुने छु । चिकित्सकको सल्लाह अनुसार आफु छिटै घर फर्कने र तपाई हाम्रो सम्वृद्ध नेपाल बनाउने सपनामा लाग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालले प्रधानमन्त्री ओलीलाई चिकित्सकीय रायअनुसार नै भेटघाटमा रोक लगाइएको छ । अस्पतालले स्वास्थ्य लाभ पहिलो प्राथमिकता भएको भन्दै भेटमा रोक लगाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्