प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै, पछिल्ला रिपोर्ट सुधारोन्मुख

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । प्रा. डा. अरुण सायमिको संयोजकत्वमा प्रा. डा. दिव्यासिंह शाह तथा डा. सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन् ।
उनलाई छातीमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसीसीयु)मा हिजा बिहान भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्