काठमाडौं, कार्तिक १३ । निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।
घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।
मंगलबार डिएनए परीक्षणका लागि थप चार जनाको रगत परीक्षण गर्न लागिएको छ ।
अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।
प्रहरीसँग अन्य प्रमाण नभएपछि डिएनएलाई नै अनुसन्धानको आधार बनाएको हो । अन्य देशमा पनि यस्तै अभ्यास हुँदै आएको छ ।
शुरुमा चार जना र उनीहरु सबैको रिपोर्ट म्याच नभए क्रमशः सयौँ व्यक्तिहरुको डिएनए परीक्षण गर्ने तयारी छ ।
घटनाका बेला त्यहाँ आसपास भएका, खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरुमाथि डिएनए परीक्षण गर्न लागिएको अनुसन्धानमा आबद्ध एक अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्