काठमाडौँ, १२ कात्तिक । इन्डोनेसियामा विमान दुर्घटना भएको छ । कम्तिमा १८८ जना रहेको लायन एयरको बोइङ्ग इन्डोनेसियाको जाभा आइल्याण्डमा दुर्घटनाग्रस्त भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
राजधानी जकार्टाबाट उडेको लायन एयरको बोइङ्ग ७३७ लगत्तै दुर्घटनामा परेको हो । पाङ्गकाल पिनाङ्गका लागि उडेको विमान दुर्घटना भएको हो । उडेको केही १३ मिनेटमा कन्ट्रोल रुमसँग सम्पर्क टुटेका हो ।
स्थानीय समय अनुसार सोमबार बिहान ६ बजेर २० मिनेटमा उडेको विमान केही मिनेटमै दुर्घटनामा परेको हो । विमानमा एक शिशु, दुई बालबालिका, दुई पाइलट, पाँचजना विमान कर्मचारी तथा १७८ यात्रु थिए ।
विमानका टुक्रा तथा यात्रुका सामानहरु छरिएको तस्बिरमा देखिएको छ । दुर्घटनामा अधिकांशको ज्यान गएको आशंका छ । अहिले विवरण संकलनको काम भइरहेको रोयटर्सले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्