ब्राजिलको राष्ट्रपतिमा उम्मेदवार बोल्सोनारु विजयी
काठमाडौं, कात्तिक १२ । ब्राजिलको राष्ट्रपति निर्वाचनमा जाइर बोल्सोनारु विजयी भएका छन् । राष्ट्रवादी उम्मेदवार बोल्सोनारुले वामपन्थी उम्मेदवार फेर्नान्डो खाबालाई पराजित गरेका हुन् ।
पहिलो चरणको चुनावमा दुवै उम्मेदवारले राष्ट्रपति बन्नका लागि चाहिने ५० प्रतिशत मत ल्याउन नसकेपछि भएको दोस्रो चरणको चुनावमा बोल्सोनारु विजयी भएका हुन् ।
अधिकांश मत गनिसकेको अवस्थामा बोल्सोनारुले ५५ प्रतिशत तथा वर्कर्स पार्टीका खाबाले ४५ प्रतिशत मत पाएका हुन् । भ्रष्टाचार अन्त्य गर्ने तथा अपराध कम गर्ने प्रतिबद्धतासहित चुनाव लडेका बोल्सोनारुले अब ब्राजिलको सत्ता हाँक्ने छन् ।
सन् २००३ देखि २०१६ सम्म अर्थात १३ वर्ष सत्तामा रहेको वामपन्थी पार्टी भने विपक्षमा गएको छ । पछिल्लो दुई वर्ष ब्राजिलको नेतृत्व कन्जरभेटिभ पार्टीले सम्हालेको थियो ।















प्रतिक्रिया दिनुहोस्