यसरी गरे मलेसियाका मन्त्रीले पशुपतिमा पूजा

काठमाडौं, कात्तिक १२ । मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरनले पशुपतिमा पूजाआजा गरेका गरेका छन् ।
हिजो राती ११ बजे काठमाडौं आइपुगेका मन्त्री कुलासेगरनले सोमबार बिहान ८ बजे पशुपति मन्दिर पुगेर पूजा गरेका हुन् ।
मन्त्री कुलासेगरनले पूजापछि बागमती किनारमा शवदाह गरिएको दृश्य केहीबेर अवलोकन गरेका थिए ।
नेपालसँग श्रम सम्झौताका लागि नेपाल आएका कुलासेगरनले आजै दिउँसो पाटन दरबार र नारायणहिटी संग्रहालयको अवलोकन गर्ने कार्यक्रम छ ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार, मलेसियासँगको श्रम सम्झौतामा ११ बजे दुई देशबीच हस्ताक्षर हुनेछ ।
प्रतिक्रिया दिनुहोस्