काठमाडौं, कार्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे तिर महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको डा. अरुण सायमीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको डा. सायमीले देश सञ्चारलाई बताएका छन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको र आफूहरुले निगरानी गरिरहेको उनको भनाई छ । बिहान साढे ८ बजेपछि ओलीको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत जानकारी दिइने डा. सायमीले बताए । उनलाई आइसियुमा भर्ना गरिएको बताइएको छ ।
ओलीलाई केही दिनदेखि सन्चो भएको छैन । उनी अस्वस्थताकै कारण पार्टीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पनि सहभागी हुन सकेका थिएनन् ।
आइतबार उनका निजी सचिवालयले मौसमी रुघाखोकी रहेको भन्दै स्वास्थ्यमा त्यस्तो गम्भीर चिन्ता गर्नु पर्ने नरहेको बताएको थियो । तर राति स्वास्थ्य अवस्थामा खराबी देखिएपछि ओलीलाई शिक्षण अस्पताल लगिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकाप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुष्पकमल दाहाल प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष मध्येका प्रचण्ड सोमबार बिहान त्रिवि अस्पताल पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्