सरकारद्वारा राष्ट्रपति भण्डारीको कतार भ्रमण स्वीकृत

काठमाडौं, ११ कात्तिक ।  सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपति भण्डारीको भोलिदेखि हुने चारदिने कतार भ्रमण स्वीकृत गरेको हो ।
बैठकमा अन्य महत्वपूर्ण विषयमा निर्णय हुने भनिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण ति वियषमा छलफल हुन नसकेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्