पत्रकारमाथिको दुर्व्यवहारप्रति युनियनको विरोध

काठमाडौं, ११ कात्तिक । नेपाल प्रेस युनियनले यातायात व्यवस्था विभागका निर्देशक चन्द्र साहले पत्रकारलाई गरेको दुव्र्यवहारप्रति खेद व्यक्त गरेको छ ।
युनियनका महासचिव अजय सिवाकोटीले एक विज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा यातायात व्यवस्था विभाग पुगेका सगरमाथा टेलिभिजनका  संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई निर्देशक साहले दुव्र्यवहार गर्दै धम्क्याएको उल्लेख छ ।
 ‘भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको कार्यको नेपाल प्रेस युनियन कडा शब्दमा विरोध गर्दछ’युनियनको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्