काठमाडौं, ११ कात्तिक । अर्थमन्त्री डा. युवराज खतिवडाले नाफा कमाउने कम्पनीमा सरकारको आँखा लाग्ने गरेको बताएका छन् । उनले अहिले नेपाल क्लिएरिङ हाउस र निक्षेप तथा कर्जा सुरक्षण कोषले राम्रो नाफा गर्दै गएकाले सरकारको त्यसमा आँखा लागिरहेको बताएका हुन् । नाफा कमाउने कम्पनीले कि त सेवाको शुल्क घटाउनुपर्ने कित सरकारलाई बढी कर तिर्नुपर्ने उनको तर्क छ ।
उनले भने, ‘एनसिएचएललमा (नेपाल क्लिएरिङ हाउस) ५० औ अर्बको कारोबार हुन थालेको छ । धेरै कमाउन थालेपछि सरकारको आँखा लाग्ने रहेछ । अब यिनीहरुले सरकारलाई बढी कर तिर्नुपर्छ कि त सेवाको शुल्क घटाउनुपर्छ । यसको समाधान खोज्नुपर्ने बेला आएको छ ’।
सबै कुरा प्रविधिमा गएपछि लागतको प्रभावकारीतामा पनि सम्बन्धित कम्पनीहरुले ध्यान दिनुपर्ने उनले बताए ।
कार्डलेस सेवामा जाने हो भनेपनि शुल्क घटाउनुपर्ने उनको तर्क छ । प्रविधिको विस्तार व्यापक भएको भन्दै उनले अबको कारोबार शुन्य लागतमा गर्नुपर्ने उल्लेख गरे ।
नेपाल क्लियरिङ हाउसको कनेक्ट आइएपिएस भुक्तानी प्रणालीमा अर्थमन्त्री खतिवडाले एनसिएचएलको सदस्य बन्न बैंक तथा बित्तिय संस्थाहरुले निकै आनाकानी गर्ने गरेको स्मरण गर्दै भने, ’बाणिज्य बैंकहरु सदस्य बने तर विकास बैंकको भागा भाग हुन्थ्यो । बैंक र मोबाइल कम्पनी बिचमा कसले बजार छिटो बढाउने भन्ने प्रतिस्पर्धा छ । मोबाइल कम्पनीहरु धेरै स्मार्ट छन् । उनीहरुले ब्यालेन्स ट्रान्सफरमा बैंकहरुलाई जितिसके अब बैंकहरुपनि कस्सिनुपर्छ । भुक्तानी सेवा बैंकहरुले गर्नुपर्छ ।’
नेपाल किल्यरिङ हाउसले ल्याएको कनेक्ट आएपिएस भुक्तानी प्रणाली सिंगल प्लेटफर्मको रुपमा स्थापित गरिएको छ । यस प्रणालीको पुर्ण सञ्चालनपछि नेपाल सरकारलाई बुझाउने कर, शुल्क लगायत अनलाईन रकम ट्रान्सफर र इ—कमर्श मार्फत भुक्तानी सिधै बैंक खातामा गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्