झापामा विद्युत् चुहावट हुँदा गाडीमा आगलागी

काठमाडौ,६ कात्तिक । ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएकोे छ । झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे १ ख ५२२ नं को मकालु यातायातमा गाडीकै विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

बिहान १०ः३० बजे एक्कासी गाडीमा आगो दन्किएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मेचीनगर नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिएअनुसार, आगलागीबाट गाडी पूर्ण रूपमा जलेको र आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्