नेपालीको सरदर आयु ७३ वर्ष पुर्याइने लक्ष्य

काठमाडौँ, ६ कात्तिक । विसं २०७७ सम्ममा नेपालीको सरदर आयु ७३ वर्ष पुर्याइने लक्ष्य राखिएको छ । हाल भने नेपालीको सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ ।
प्रतिवेदनले विसं २०७७ सम्म मातृमृत्युदर ९प्रतिलाख जीवित जन्म २३९ बाट १२५, पाँच वर्षमुनिका बालमृत्यु प्रतिहजार जीवित जन्म ३९ बाट २६, नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्म २३ बाट १७ जनामा झार्ने लक्ष्यसमेत निर्धारण गरेको छ ।
नेपालमा नवजात शिशु तथा प्रसूति सेवा निःशुल्क छ । आमा सुरक्षा कार्यक्रम मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई यातायात खर्चसमेत दिँदै आएको छ । संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारमा व्यवस्था गरेको छ । प्रतिवेदनमा स्वास्थ्य संस्थामार्फत प्रसूति सेवा प्राप्त गर्ने महिलाको प्रतिशत ५७ बाट ७२ पुर्याइने र सीपयुक्त स्वास्थ्यकर्मीद्वारा प्रसूति सेवा प्राप्त गर्ने महिलाको सङ्ख्या ५८ बाट ७२ प्रतिशत पुर्याइने लक्ष्यसमेत निर्धारण गरिएको छ । अर्कोतर्फ नयाँ एचआईभी सङ्क्रमित वार्षिक सङ्ख्या हालको ८०१ बाट ७१० जनामा झार्ने तथा पहिचान भएका क्षयरोगीमध्ये उपचारको सफलता ९० प्रतिशत पुर्याइने पनि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्