कप्तान सुलभ मास्केले गरेको गोल सन् २०१८ को उत्कृष्ट १० गोलमा पर्न सफल

काठमाडौ, ६ कात्तिक । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो ।

अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यवसायीक फुटबल खेल खेल्दै आएका सुलभले वेष्टर्न सिड्नी क्लबविरुद्ध गरेको गोल वर्ष गोल अवार्डका लागि मनोनित भएको अष्ट्रेलिया फुटबल महासङ्घले जनाएको छ ।

यसरी मनोनयनमा परेका १० गोलमध्ये समर्थकहरुको भोटिङको आधारमा विजेता घोषित गरिनेछ । वर्ष गोल अवार्डका लागि यही कात्तिक ७ गतेसम्म भोट गर्न सकिनेछ । यसरी भोटिङको आधारमा सर्वाधिक मत जुन गोलले पाउछ त्यसलेनै वर्ष गोल अवार्डको उपाधि जित्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्