मेस्सी तीन साता मैदानबाहिर, रियल म्याड्रिडविरुद्ध हुने एल क्लासिको पनि गुमाउने पक्का

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्धको खेलमा बार्सिलोनाका कप्तान लिओनेल मेस्सी घाइते भएका छन् । बल खोस्ने क्रममा लडेपछि उनको हातमा चोट लागेको हो ।
बार्सिलोनाका अनुसार मेस्सीको दायाँ हातको हड्डी भाँचिएको छ । उनलाई पूर्णत निको हुन तीन देखि चार साता लाग्नेछ । यससँगै मेसीले अर्को साता रियल म्याड्रिडविरुद्ध हुने एल क्लासिको पनि गुमाउने पक्का भएको छ । मेस्सीले मध्यसातामा हुने इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल पनि गुमाउने भएका छन् ।


मेस्सीले सेभिल्लाविरुद्ध खेलको २६ मिनेटभित्र नै एक गोल र एक असिस्ट दिएका थिए । उनले सिजनको सुरुवात पनि उत्कृष्ट ढंगले गरेका थिए । उनले १२ खेल खेल्दै १२ गोल गरिसकेका छन ।
मेस्सी मैदानबाट बाहिरीएपछि लुइस सुआरेजले बार्सिलोनाको आक्रमण सम्हाल्ने जिम्मेवारी लिएका थिए । उनले त्यसक्रममा एक गोल पनि गरे । पछिल्लो ६ खेलमा गोल गर्न नसकेका सुआरेजले मेस्सीको अनुपस्थितिको कमि खड्कन नदिन अब यसै प्रदर्शनलाई निरन्तरता दिनुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्