काठमाडौं, असोज २७ । पूर्व–पश्चिम राजमार्गलगायतका काठमाडौं भित्रिने विभिन्न ठाउँमा गाडी जाम हुँदा यात्रु अलपत्र परेका छन् ।
पश्चिम नेपालबाट आउने प्रायः सबै गाडी समयमा नै काठमाडौं आइपुगेका छैनन् । नवलपरासीका ३–४ ठाउँमा गाडी बिग्रँदा जाम भएकाले पश्चिम नेपालबाट काठमाडौं आउने यात्रु बस समयमा नै नआएकाले काठमाडौंबाट बाहिरिनेहरु समस्यामा परेका हुन् ।
हिजो बिहानै दाङ, नेपालगञ्ज, सुर्खेत, डडेल्धुरा, डोटी, बैतडीलगायतका जिल्लाबाट छुटेका गाडी अहिलेसम्म काठमाडौं आइपुगेका छैनन् ।
आज बिहानै काठमाडौंबाट छुट्नु पर्ने ती गाडी ठाउँ ठाउँको जामका कारण भर्खर धादिङ पुगेका छन् ।
बसपार्कमा यात्रु अलपत्र परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
दसैँका लागि यात्रुको चाप भएकाले गाडीलाई टाइट सेड्युलमा राखेको तर जामका कारण गाडी समयमा नआउँदा समस्या भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्