खाद्य संस्थानद्वारा काठमाडौँमा खसीबोका र च्याङ्ग्रा बिक्री सुरु
काठमाडौं, असोज २६। नेपाल खाद्य संस्थानले दसैंका लागि काठमाडौँमा आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको छ ।
संस्थानले जिउँदै खसी बोका किलोको ५ सय १० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ७ सय १० रुपैयाँमा बिक्री सुरु गरेको छ । उपभोक्ताका लागि १० रुपैयाँ मात्र सस्तो हो । यसपटक दशैँका लागि एक हजार च्याग्रा र एक हजार वटा खसीबोका ल्याउने तयारी गरेपनि त्यो परिमाणमा ल्याउन नसकिएको संस्थानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्