काठमाडौं,असोज २६। भ्रष्टाचार गरेको अभियोगमा झापा दमकको मालपोत कार्यालयबाट एक अधिकृत सहित तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
जग्गा किर्ते गरेर पास गर्न मुख्य भूमिका खेलेको अभियोगमा तीन जनालाई आयोगको टोलीले बिहिबार लिएपछि मालापोत कार्यालय दमकमा खौलाबैला मच्चिएको थियो।
मालपोत अधिकृत अग्नि घिमिरे, नायव सुब्बाद्वय डिल्ली कोईराला र जयन्द्रराज खड्कालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको आयोगका इटहरी कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए।
आचार्यले नियन्त्रणमा लिइएका सबैलाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौँ पठाइसकिएको जानकारी दिए। उक्त मुद्दा केन्द्रीय कार्यालयले हेरिरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्