मेला हेर्न आएकी किशोरीको जंगलमा लगेर बलात्कार, २ जना पक्राउ

काठमाडौं, असोज २६ । बालिका बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार देवदह नगरपालिका वडा नं. १० चरंगेका ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगरका २६ वर्षीय कृष्ण थापा क्षेत्रीलाई १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।
बुटवलमा मेला हेर्न आएकी ती किशोरीलाई मोटरसाइकलमा लगेर स्थानीय शिवनगर सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोप उनीहरुमाथि छ ।
घटनास्थलबाट प्रयोग भएका कण्डम, त्यसको खोल र फुटेका चुरासमेत बरामद भएकाले सामूहिक बलात्कारको आशंकामा अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्