मन्त्रीले खारेज गरेका कालिमाटीका २५ तरकारी व्यवसायी अदालतको आदेश पछि संचालनमा आए

काठमाडौं, असोज २४ । कृषि मन्त्रालयले खारेज गरेका कालिमाटीका फलफूल तथा तरकारी बजार अदालतको अन्तरिम आदेशमा संचालनमा आएका छन् । मन्त्रालयले ५७ वटा स्टल खारेज गरेकोमा २५ वटाले अन्तरिम आदेश ल्याएको कृषि मन्त्री चक्रपाणी खनालले बताएका छन् ।
मन्त्री खनालले भने, ‘हामीले सुधारको प्रयास गरेका हौं, तर हामीले कारबाही गरेका व्यवसायीहरु धमाधम अदालत जाने र स्टे अडर ल्याउनेक्रम चलिरहेको छ । यसले गर्दा सुधार गर्नै समस्या भैरहेको छ । अब के गर्ने भनेर हामी सोचिरहेका छौं ।’
विजयी दशमीको उपलक्ष्यमा मन्त्रालयले आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री खनानले आफू अब कालिमाटी फलफूल तथा तरकारी बजार नै हटाउने योजनामा रहेको पनि सुनाए ।
नियम अनुसार नचलेका तथा पटक पटक चेतावनीमा परेका फलफुल तथा तरकारीका स्टल खारेज गर्ने मन्त्रालयले निर्णय गरेको थियो । तर खारेज भएको महिना दिन पनि पुग्न नपाउँदै व्यवसायी पुनः फर्किन थालेका छन् ।
यसरी अदालतको अन्तपिरम आदेशमा फर्किने व्यवसायी दिनदिनै बढिरहेको मन्त्रालयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्