आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गत अाज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।
समुहमा लगातार चार जित हात पारेको नेपाल आज पाँचौ जितको खोजिमा छ । उता चीन भने समुहमा सबैभन्दा कमजोर देखिएको छ ।
मलेसियाको बायुमास ओभल मैदानमा खेल नेपाली समय अनुसार बिहान पौने आठ बजे सुरु भएको छ । लगातार चार जित हात पार्दै नेपालले समूहको शीर्ष स्थानमा छ ।
उत्कृष्ट रनरेट आत्मसाथ गर्दै नेपालले एसिया नेपालले दुई खेलअघि नै दोस्रो चरणको सिट सुरक्षित गरिसकेको छ । एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको च्याम्पियन बन्दै दोस्रो चरणको छनोट खेल्ने लक्ष्य लिएको नेपालले चीनलाई हराएको खण्डमा च्याम्पियन बन्ने सम्भावना रहनेछ ।
समूहमा नेपालसँगै सिंगापुरको पनि समान आठ अंक छ । तर रनरेटमा पछि रहँदै सिंगापुर दोस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा सिंगापुरसँग खेल्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्