लाईसेन्स बेच्ने यातायातका १० कर्मचारीविरुद्ध मुद्धा
काठमाडौं ,असोज २४ । यातायात कार्यालयका कर्मचारीले आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र लाईसेन्स विक्री गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न उपसचिवसहित १० कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
याताया व्यवस्था कार्यालय बागमतीका तत्कालीन प्रमुख तेजनारायण यादवसहितका कर्मचारीविरु मुद्धा दायर भएको हो ।
प्रतिक्रिया दिनुहोस्