यो दशैंमा कुनै पनि बन्दीले कैद मिनाहा नपाउने

काठमाडौं, असोज २३ । यस वर्षको दशैंमा कैदीबन्दीहरुको कैद मिनाह नहुने भएको छ ।
नयाँ मुलुकी संहिताअनुसारको कैद मिनाहासम्बन्धी कार्यविधि नबनेकाले उनीहरुले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले जानकारी दिए ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष दशैं, गणतन्त्र र संविधान दिवसको अवसरमा कैदी बन्दीलाई आममाफी दिने चलन थियो । हाल ७३ जिल्ला ७४ कारागारमा २० हजार कैदी छन् ।
नयाँ कानुनअनुसार ७५ प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका र आममाफी दिन मिल्ने अपराध गरेका कैदीको कैद मिनाहा गर्न सकिने छ ।
यस्तै सोही ऐनमा रोगी, असल चालचलन भएका, ज्येष्ठ नागरिक, महिला, सामान्य केसमा जेल सजाय भोग्दै आएका र ७५ प्रतिशत कैद भुक्तान गरेकाको कैद मिनाहा हुन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्