निर्मला हत्या छानविन प्रतिवेदनः ‘अनुसन्धानमा  प्रहरीकै लापरवाही

काठमाडौं, असोज २२ ।  कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानविन गर्न गठीत समितिको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयले हिजो साँझ सार्वजनिक गरेको प्रतिवेदन ३७ पृष्ठ लामो रहेको छ ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्याको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
प्रतिवेदनमा निर्मलाको हत्यापछि कञ्चनपुर प्रहरीले गम्भीर लापरवाही गर्दा अपराधी पत्ता लाग्न नसकेको निष्कर्ष उल्लेख छ ।
निर्मला हराएको खबरलगत्तै प्रहरीले खोजी गर्न चासो नदेखाएकोदेखि निर्मलाका भित्री वस्त्र गायब पारिएकासम्मका लापरवाहीहरु प्रतिवेदनमा समावेश गरिएको छ ।
प्रमाण संकलनमा खटिएको प्रहरीले हेलचत्र्mयाई गरेको, फेला परेका सामग्रीहरु मार्पmत अपराधी पत्ता लगाउन तालिम प्राप्त कुकुर प्रयोग नगरेको, शव फेला परेको स्थानको सुरक्षा नगरेको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै शंकाको घेरामा रहेका रोशनी बम र अनिता बमलाई तत्काल नियन्त्रणमा नलिएको र अनिता बमको गतिविधि शंकास्पद लागेको पनि समितिको ठहर छ ।
निर्मलाको शवको अन्त्येष्टिका लागि केही आफन्त र प्रहरीले अनावश्यक दबाव र धम्की दिएको, सनाखत पत्रमा भारतमा रहेका निर्मलाको बाबुको फर्जी हस्ताक्षर गरिएको र कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टको ब्यवहारबाट स्थानीय वासिन्दामा बढी शंका बढेको पनि प्रतिवेदनमो उल्लेख छ ।
त्यसैगरी दिलिप सिंह विष्टलाई जबर्जस्ती अभियुक्त बनाएर खडा गराई अदालतबाट म्याद थप समेत गरेको पनि प्रतिवेदनले औंल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्