वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउन गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउन आह्वान गरेकी छिन् ।
वातावरण विभागले आज काठमाडौंमा गरेको वातावरण सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग वातावरण जोडिएको र यससँगै मानिसको जीवनसमेत गाँसिएको भन्दै वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउनुपर्ने बताएकी हुन् ।
उनले वनजंगलको संरक्षण गर्दै जलवायु परिवर्तनबाट पर्ने प्रभावलाई समेत न्यूनीकरण गरेर जाने ढंगबाट काम थाल्न आग्रह गरिन् ।
वातावरण संरक्षणलाई प्रदूषणसँग जोडेर त्यहाँबाट उठ्ने करलाई वातावरण संरक्षणमा लगाउन उनले सरकारलाई सुझाव दिइन् ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय तह र प्रदेशमा समेत वातावरण स्वच्छ बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्
सम्मेलनमा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि र वातावरणविद्हरु सहभागी छन् ।
स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकारलाई सुरक्षित गर्न भन्दै इसिमोडको सहयोगमा वातावरण सम्मेलन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्