कठमाडौं, असोज २१ । प्रदेश ५ सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी थालेको छ ।
कृषि पेशा अपनाउन इच्छुक तर आफ्नो जग्गा नभएका भूमिहीन नागरिकलाई लक्षित गरी प्रदेश सरकारले करार खेती कार्यक्रम ल्याएको हो ।
प्रदेश ५ सरकारको यो कार्यक्रम नौलो र भूमिहीनमैत्री भएकाले यसप्रति भूमिहीनहरु र भूमिहीन सम्वद्ध संघसंगठन सकारात्मक भई करार खेतीका लागि सम्पर्कमा आइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् ।
‘बर्दिया र दाङका भूमिहीनहरु यो कार्यक्रममा सहभागी हुन सम्पर्कमा आइसकेका छन्,’ मन्त्री पौडेलले भनिन्, ‘यो कार्यक्रमबाट भूमिहीन त लाभान्वित हुने नै भए, जग्गाधनीले पनि उचित भाडा प्राप्त गर्नेछन् ।’
प्रतिक्रिया दिनुहोस्