विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र त्रिभुवन विश्वविद्यालय
काठमाडौ, असोज २० । विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र त्रिभुवन विश्वविद्यालय परेको छ ।
सन् २०३० सम्ममा विश्वका हजार उत्कृष्ट विश्वविद्यालयभित्र पर्ने लक्ष्य राखेको त्रिवि अहिले लक्ष्यभन्दा ११ वर्ष पहिलेनै सो स्थानमा पुगेको हो ।
बेलायतको द हाइअर एजुकेशन (THE) ले गत सेप्टेम्वर २६ मा सार्वजानिक गरेको नतिजामा त्रिवि उत्कृष्ट एक हजारभित्र पर्यो त्यस्तै अक्सफोर्ड उत्कृष्ट एकमा परेको छ ।
सन् २०१९ का लागि द ले गर्ने मूल्यांकनमा छ महिनाअघि पहिलोपटक त्रिविले सहभागिता जनाएको थियो । ‘त्रिवि १९.०-२५.२९ औसत अंकका साथ उत्कृष्ट एक हजारभित्र परेको हो’, उपकुलपति तीर्थ खनियाले भने, ‘अक्सफोर्डले ९६ ल्यायो। पहिलो पटक प्रतिस्पर्धामा उत्रिएर हामी हजारभित्र पर्यौं।’
यसअघि एक संस्थाले गरेको तह निर्धारणमा त्रिवि चार हजार औं स्थानमा थियो , यसपाली पनि उत्कृष्ट हजारभित्र परिएला भन्ने त्रिविले अनुमान गरेको थिएन । हामीले आफ्नो उचाइ नाप्न छाडेर अर्काले तेरो स्तर कम छ र त्यहि अनुसार वेबसाइटको चार हजार तिर राखेको, भनेको पत्यायौं । यसपालि हिम्मत गरेर भाग लिएर हेर्दा उत्कृष्ट हजारभित्र परियो’, खनियाले भने। योे खुसी त्रिविले शुक्रबार डिन, प्राध्यापकहरुलाई भेला गरेर बाँडेको थियो ।
(THE) ले विश्वका विद्यालयहरुका तह निर्धारणका लागि १३ सूचकलाई पाँच समूहमा विभाजन गरी अध्ययन गरेको थियो । जसमध्ये त्रिविले शिक्षणमा ९.२, रिसर्चमा ६.६, साइटेसनमा ३५.७, इन्डष्टि इनकममा ३४.४, इन्टरनेशनल आउटलुकमा ४५.२ अंक ल्याएको हो ।
कस्ता कस्ता खालको तथ्यांकहरु आबश्यक पर्छ भन्ने कुरा थाहा नहुँदा पनि जे पर्ला पर्ला भनेर जबरजस्ती भाग लिएका थियौं, नतिजा राम्रै आयो’, त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले बताए, ‘अब चाहिँ तथ्यांक के चाहिने, कसरी भर्ने जानकारी भयो । शिक्षाको गुणस्तर थप उकास्छौं । अर्काे पटक उत्कृष्ट पाँच सयभित्र पुग्ने लक्ष्य राखेका छौँ ।’
उत्कृष्ट विश्वविद्यालयमा सूचीकृत भएपछि शैक्षिक र भौतिक पूर्वाधारका क्षेत्रमा त्रिविलाई फाइदा पुग्ने उनले बताए । वि.सं. २०१६ मा खुलेको त्रिवि विद्यार्थी भर्नाको आधारमा हेर्दा विश्वमै ११ औं ठूला विश्वविद्यालयभित्र पर्छ । त्रिविमा पाँच अध्ययन संस्थान, चार संकाय अन्तर्गतका क्याम्पसमा ३ लाख ६७ हजार ४२७ विद्यार्थी छन् ।
प्रतिक्रिया दिनुहोस्