किन चुके सोमपाल कामी मलेसियाविरुद्ध ह्याट्रिकबाट ?

काठमाडौं, असोज २० । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा आयोजकविरूद्ध सोमपाल कामी ह्याटिक गर्न चुकेका छन् ।
बायोमास ओभल क्रिकेट मैदानमा टसमा जितेर पहिला ब्याटिङ गरेको मलेसियाको ११ ओभर १ बलमा अमिद फैजलाई ७ रनमा पेभिलिएन फर्काएका सोमपालले दोस्रो बलमा मोहम्मद सयाहादत ० रनमा आउट गर्दै ह्याटिक नजिक पुगेका थिए । तर तेस्रो बलमा अनवार अरुदीनको विकेट लिन नसक्दा सोमपाल हयाटिक गर्न चुकेका हुन् ।
यो समचार तयार पार्न सम्म मलेसियाले १२ ओभरमा ४ विकेटको क्षतिमा ७८ रन बनाएको छ । उस्का ओपनर शफिक शरिफ ४५ रन बनाई आक्रमक ब्याटिङ गरि रहेको छन् । नेपालका सन्दीप र सोमपालले समान दुई दुई विकेट लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्