दशैंको मुखमा तलब नपाउँदा कर्मचारी आक्रोशित Jagaran News Published On : 6 October, 2018 2:16 am काठमाडौं, असोज २० । विस २०७५ सालको बडादशैं नजिकिँदै गर्दा धेरैजसो कार्यालयका कर्मचारीको हात र खातामा पेस्कीसहितको तलब परिसकेको छ । तर शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कर्मचारी भने ३ महिनादेखि तलब नपाउँदा रिसले चुर बनेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । केन्द्रका २ सय ५० तथा एकाइ र अन्य निकायका १ सय १ गरी ४ सय ५१ कर्मचारीले तलब पाएका छैनन् । लतब नपाउनेमा महानिर्देशक र उपमहानिर्देशकसमेत छन् । केन्द्रले तलब खुवाउन कुनै पहल नै नगरेको कर्मचारीको आरोप छ । केन्द्रको यस्तो पाराले आफूहरुको दशैं नै खल्लो हुने उनीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्