काठमाडौं, असोज २० । कञ्चनपुर भीनपा–५ सुकासालमा बसोबास गदै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाई लाई भगाएका छन् ।
मार्याले द्रोपती लाई मायाजालमा पारेर वा केहि आर्थिक प्रलोभनमा पारेर बेच्नका लागि लगेको बारे प्रष्ट नभएको परिवारले बताएका छन् ।
पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो । बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाउदा जेठान हरिश दमाई भने एकदमै हैरान भएको बताउछन् ।
हरिसकी आमा रोहिता दमाई, दिदी ईश्वरी मोर्या (दमाई) सहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।
पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिँडेको बताइन् ।
उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिस दमाईकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिँडेका थिईन् ।
‘दुवै जना एकै साथ एकै समयमा आ–आफ्नो घरबाट निस्किए, अबेरपखसम्म पनि दुवै घर आएनन्, ‘ईश्वरीले भने, ‘मैले मेरा श्रीमान घरमा नआएपछि उता माइतमा फोन गरेर द्रोपतिको बारेमा बुझेँ ।
उनी पनि घर आएकी थिईनन् मलाई थाहा भयो, कि दुवै जना भागेर भारत गए ।’ दुवैले चलाउँदै आएको फोन पनि नलागेपछि भागेको थाहा भएको उनले बताइन् ।
पन्नालाल र ईशवरीको ११ वर्ष पहिले मागी विवाह भएको थियो । उनीहरुका दुई छोरामात्रै छन् । यता हरिस र द्रोपतिको पनि १२ वर्ष अघि मागी विवाह भएको थियो । -नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्