काठमाडौं, असोज १९ । निजी हवाई सेवा प्रदायक कम्पनीहरुले दसैंको लागि ९० प्रतिशत भन्दा बढी हवाई टिकट बिक्री भइसकेको बताएका छन्। सरकारी स्वामित्वको नेपाल एयरलाइन्स सहित बुद्ध, यति,श्री, सौर्य, सिम्रिक, तारा, समिट, सीता र मकालुले आन्तरिक उडानमा सेवा दिँदै आएका छन।
आन्तरिक उडानाम सबैभन्दा बढी ११ वटा जहाज मार्फत बुद्धले सेवा प्रदान गर्दै आएको छ। आन्तरिक उडानमा बुद्ध एयरलाइन्सको मात्रै ५० प्रतिशतको भन्दा बढी हिसा रहेको छ। बुद्धले अहिले विराटनगर, भद्रपुर, तुम्लिङटार, सिमरा, चितवन, भैरहवा, पोखरा, नेपागञ्ज, सुर्खेत र धनगढीमा नियमित उडान गर्दै आएको छ।
बुद्ध एयरलाइन्सकी विनिता थापाले बुधबारसम्म नै दसैंको टिकट ९० प्रतिशत भन्दा बढी बिक्री भइसकेको बताइन्। अब एयरलाइन्सले यात्रुको चापलाई हेरेर विमानस्थल कार्यालयले दिने उपयुक्त समयमा थप उडान गर्ने तयारी गरेको उनको भनाइ छ।
यसैगरी आन्तरिक उडानमा दोस्रो बजार हिसा आगेट सफल यती एयरलाइन्सले पनि ९० प्रतिशत भन्दा बढी टिकट बिक्री भइसको जनाएको छ।
यतिले अहिले पोखरा, भैरहवा, नेपालगञ्ज, विराटनगर, चितवन लगायतको गन्तब्यमा नियमित उडान गर्दै आएको छ।
यतीले भखरै मात्र फेरि ७२ सिटको एटिआर जहाज थप्दै आक्रामक बजार विस्तारमा उत्रेको छ। सौर्य एयरलाईन्सले पनि ४५ प्रतिशत भन्दा बढी टिकट बिक्री भइसकेको जनाएको छ।
एयरलाइन्ससँग दुई वटा जहाज भएपनि एउटा जहाज मार्फत दैनिक पाँचवटा उडान गर्दे आएको छ।
एयरलाइन्सले विराटनगर, भद्रपुर, भैरहवा र नेपालगञ्जमा नियमित उडान गर्दै आएको छ।
यसैगरी आन्तरिक उडानमा आक्रमक रुपमा प्रस्तुत भएको श्री एयरलाइन्सले पनि दसैंका लागि ८० प्रतिशत भन्दा बढी टिकट बिक्री भइसकेको जनाएको छ। यात्रु चाप हेरेर थप उडान गर्ने तयारी गरेको एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले बताए।
एयरलाइन्सले अहिले ४ वटा जहाज मार्फत विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज र भैरहवामा नियमित उडान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्