तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ

१९ असोज, काठमाडौं । किष्ट बैंकका पुर्व प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतवाट पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी काठमाडौ ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
ऋण दुरुपयोग गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।
०७३ असोज ४ गते पुनरावेदन अदालत पाटन ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
सम्पत्ति धितो राखेर बैंकबाट सम्पतीको भ्यालुएसन भन्दा ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रिय अनुसन्धान व्यूरोले मुद्दा दायर गरेको थियो । त्यसपछि ज्ञवाली फरार थिए ।

प्रतिक्रिया दिनुहोस्