काठमाडौं, असोज १९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई खसी, बोका र च्याङ्ग्रा व्यवसायीसँग कर नउठाउन निर्देशन दिएको छ ।
दसैंको मुखमा राजधानी र अन्य मुख्य सहरमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा लैजाने क्रममा स्थानीय तहहरुले कर उठाउन थालेपछि मन्त्रालयले बिहीबार निर्देशन दिएको हो ।
संघीय मामिला मन्त्रालयको सचिवस्तरको निर्णयबाट सबै स्थानीय तहलाई कर संकलन नगर्न परिपत्र गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्