५ किलो सुनसहित पक्राउ
असोज–१७, काठमाडौं । काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
डीएसपी होमेन्द्र बोगटीका अनुसार सोमबार बेलुकी बालाजुको तीनपिप्ले भन्ने स्थानमा महानगरीय प्रहरी परिसरको टोलीले चेकजाँच गर्दा पाँच किलो सुनसहित १८ वर्षीय सोबहादुर तामाङ पक्राउ परेको जानकारी दिए ।
सुन रसुवागढी नाकाबाट भित्राइएको अनुमान गरिएको छ । उक्त सुनको धनी अर्कै व्यक्ति रहेको र पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको प्रहरीले अनुमान गरेको छ । यसअघि पनि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्राइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए । अहिले ११ बजे प्रहरीले पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्