अब सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने

काठमाडौं, असोज १७ । सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सबै प्रदेशमा प्रशासकीय अदालत विस्तार गर्न लागिएको जानकारी दिएका छन्।
प्रशासकीय अदालत दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ढकालँले भने ‘न्यायमा सबैको पहुँच पुर्‍याउन सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने काम अघि बढाएको छ।’ प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेको पनि उनले स्मरण गराए।
मन्त्री ढकालले सर्वोच्च अदालतमा कर्मचारी सुरुवा, बढुवासम्बन्धी मुद्दाको चाप घटाउन पनि सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने योजना अघि सार्नु परेको पनि स्पष्ट पारे। न्याय सेवालाई प्रभावकारी बनाउन सरकारले सक्दो पहल गरिरहेको समेत दावी गरे।
प्रतिक्रिया दिनुहोस्