कोस्टाकाले दियो प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि उपाधि
काठमाडौँ, असोज १६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । युनिभर्सिटी फर पिसले प्रधानमन्त्री ओलीलाई नेपालमा शान्ति स्थापना तथा प्रजातन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
योसँगै प्रधानमन्त्री ओलीले दुईवटा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । गत चैतमा भारतको राजकीय भ्रमणका बेला त्यहाँको उत्तरखण्डामा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो ।
उनलाई सन् २००९ मा पहिलोपटक ग्रिनफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि दिएको थियो। विश्वविद्यालय नै विवादमा आएपछि मानार्थ उपाधि पाएकाले उपाधि फिर्ता गरेका थिए।
प्रतिक्रिया दिनुहोस्