आज विश्व ज्येष्ठ नागरिक दिवस मनाईदैं, प्रधानमन्त्री ओलीले दिए यस्तो शुभकामना सन्देश

काठमाडौं, असोज १५ । ‘ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं’ भन्ने मूल नाराका साथ २८ औं विश्व ज्येष्ठ नागरिक दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभर नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइने गरिन्छ । नेपालमा २७ लाखभन्दा बढी मानिस यस समूहमा पर्दछन् ।
६० वर्ष माथिका नागरिकलाई ज्येष्ठ नागरिक मानिन्छ । नेपालमा ज्येष्ठ नागरिकका सीप, क्षमता र दक्षतालाई राज्य संयन्त्रले प्रयोग गर्न सकेको छैन ।
नेपालमा सामाजिक सुरक्षाको अवस्था कमजोर भएकाले ज्येष्ठ नागरिकको जीवन पनि निकै नै कष्टकर छ ।
जीवनको उत्तरार्धमा आर्थिक, सामाजिक, स्वास्थ्यका अतिरिक्त पारिवारिक विछोड र एक्लोपन नेपाली ज्येष्ठ नागरिकले ब्यहोर्दै आएका समस्या हुन् ।
यसैबीच ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्याउनै पर्ने कानुनी व्यवस्था गरिनेसमेत बताएका छन् ।
जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव संगालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गर्दै उनले जेष्ठ नागरिकको हकहित संरक्षण र सम्बद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको प्रष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्