कठमाडौं, असोज १५ । सडक बिस्तारमा सहयोग गर्ने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले सोमबार बालाजु क्षेत्रमा विद्युत कटौती गर्ने भएको छ ।
प्राधिकरणको बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार सोमबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत कटौती गर्न लागिएको छ ।
वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म बिस्तार भइरहेको सडकका पोल स्थानान्तरण गर्न बालाजु वितरण केन्द्रले सो क्षेत्रमा विद्युत कटौती गर्न लागेको हो ।
प्रमुख रेग्मीका अनुसार बालाजु–धर्मस्थली र बालाजु–नागार्जुन फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । बालाजु–धर्मस्थली फिडरको आपूर्ति बन्द हुँदा पुरानो गुह्ेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर, छत्रेदेउरालीलगायत स्थानकोसमेत विद्युत अवरुद्ध हुनेछ ।
यस्तै बालाजु–नागार्जुन फिडरको विद्युत् कटौती गरिँदा जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हँुदै एकलटारसम्मको सेवा प्रभावित हुने भएको छ ।
वनस्थली–बालाजु सडकखण्ड विस्तारको काम भइरहेकाले आलोपालो प्रणालीका आधारमा विद्युत लाइन काटिएको प्रमुख रेग्मीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्