यू-१९ एसिया कप क्रिकेट: आज नेपालले अफगानिस्तानसँग खेल्ने

कठमाडौं, असोज १५ । बंगलादेशमा जारी अण्डर नाईन्टिन एसिया कप क्रिकेटमा आज नेपालले अफ्गानिस्तानसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान पौने नौ बजे सुरु हुनेछ ।
समूहको पहिलो खेलमा भारतसँग १ सय ७१ रनले हारेको नेपालले सेमिफाइनलमा ठाउँ बनाउने सम्भावना जिवित राख्न आजको खेल जित्नैपर्ने बाध्यता छ ।
अफगानिस्तानले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो । समूह ए मा लगातार दुई खेल जितेको भारतले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
अब भारतले समुहको अन्तिम खेलमा अप्mगानिस्तानसँग खेल्न बाँकी छ ।
आज नेपाललाई पराजित गर्न सके अफगानिस्तान भारतसँग खेल्नुअघि नै सेमिफाइनलमा पुग्नेछ ।
यसैबीच, सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वेन्टी ट्वेन्टी विश्कप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको पहिलो चरणको छनोटका लागि १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।
जसमा प्रदीप ऐरी र शरद भेषावकरले पुनरागमन गरेका छन् । एसिया कप छनोट खेलेका सागर पुन भने टोलीबाट बाहिरिएका छन् ।
एसिया क्षेत्रको छनोटको समूह बी का खेलहरु अक्टोबर ३ देखि १२ सम्म मलेसियामा हुनेछ । नेपाली टोली आज मलेसिया प्रस्थान गर्ने कार्यक्रम छ ।
समूह बी मा रहेको नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन, भुटान र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।
यस चरणमा शीर्ष तीन स्थानमा रहने टोली एसिया क्षेत्रकै दोस्रो चरणको छनोटका लागि छानिनेछन् ।
प्रतिक्रिया दिनुहोस्